May 22, 2022

दमाैली – सडक वारपारका लागि निर्माण गरिएकाे ज्रेबाक्रसिङ बाहिरबाट सर्वसाधारणले बाटाे काट्न थालेपछि तनहुँ प्रहरी र ट्राफिक प्रहरीले सचेतना अभियान शुरू गरेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले साेमबारदेखी एक हप्ताकाे अभियान शुभारम्भ गरेकाे हाे ।

साेमबार दमाैली बजार अासपासका क्षेत्रमा प्रहरी र ट्राफिक प्रहरीले पैदलयात्रुलाइ जेब्राक्रसबाट हिड्न अनुराेध गरेका थिए । राजमार्ग र बजारीक्षेत्रमा जथाभावी बाटाे काट्दा जाेखिम बढि हुने भएकाले प्रहरीले सचेतना अभियान संचालन गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरूण पाैडेलले बताए ।

ट्राफिक प्रहरी र प्रहरीले दमाैली बजार क्षेत्रका जेब्राक्रसिङमा एकसातासम्म सर्वसाधारणलाइ जेब्राक्रसबाट बाटाे काट्न अनुराेध गर्ने पाैडेलले बताए । ‘सर्वसाधारणलाइ जेब्राक्रसबाट हिड्न र दुर्घटनामा कमी ल्याउनका लागि हामीले याे अभियान शुरू गरेका हाै,’ उनले भने, ‘राजमार्गका केही स्थानमा जेब्राक्रसिङ थप गर्ने तयारी भइरहेकाे छ ।’ दमाैली बजार क्षेत्रमा १२ स्थानमा जेब्रा क्रसिङ रहेका छन ।

 

Leave a Reply

Your email address will not be published.