May 16, 2022

दमाैली – व्यास नगरपालिका वडा नं ३ अनसन चौतारी नजिक चौरमा दमौली सेन्ट्रल पार्क निर्माण शुरू भएसंगै केही संघ संस्था, व्यक्तिहरुबाट सामाजिक सञ्जाल मार्फत खुल्ला चाैर यथास्थितीमा राख्नुपर्ने टिप्पणी दिएको प्रति व्यास नगरपालिकाको ध्यानाकर्षण भएको जनाएकाे छ । साेमबार व्यास नगरपालिकाका तर्फबाट सुचना अधिकृत बिशाल पण्डितले प्रेस बिज्ञप्ती जारी गर्दै खुल्ला मैदानमा निर्माण हुन लागेकाे संरचना बारे स्पष्टिकरण दिएकाे हाे ।

 बिज्ञप्तीमा  स्थानीय तहको पुर्नसंरचना पुर्व तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी श्री बद्री तिवारीको अध्यक्षतामा भएको सर्वदलीय वैठकमा वि.पि वनवाटिकालाई खेल मैदानको रुपमा र अनसन चौतारी नजिकको चौरमा पार्क निर्माण गर्ने, कृषि कार्यालय नजिकबाट अस्पताल जाने बाटो निर्माण गर्ने  सहमति भई निर्णय भएको र उक्त जग्गा जि.वि.स तनहुँ कै पूर्जा भित्र रहेको उल्लेख छ ।

स्थानीय तहको पुर्नसंरचना पछि उक्त चौरमा करिव आधा खुल्ला चौर राख्ने र बाकीँमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल  नजिक हुदाँ विरामीहरुका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न निर्माण प्रकृया अघि बढाइएको नगरपालिकाले जनाएकाे छ । साथै राजनैतिक दल, विभिन्न संघ संस्थाहरुका कार्यक्रम, पर्वहरु एवं व्यवसायिक मेला हुने उक्त चौरमा लाखौ खर्च गरेर अस्थाई मञ्च निर्माण गरिने हुदाँ, कृषि कार्यालय तर्फ स्थायी, अपाङ्गमैत्री मञ्च निर्माण गरिने र पार्कको संरक्षणका लागि बिच भागमा फुलको स्थायी क्यारी निर्माण गरी अन्य भागहरुमा मनोरञ्जनात्मक पार्क जिल्ला समन्वय समितिसँग समन्वय गरी निर्माण गरिने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.