March 25, 2023

दमाैली – दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे शनिवार हुने भनिएकाे निर्वाचन प्रक्रियामा बिवाद उत्पन्न भएकाे छ । अधिवेशन बिधान सम्वत नभएकाे अारोप लगाउँदै रामजी लाैडारीले निर्वाचन समितिमा निवेदन दिएका हुन ।

संघ, संस्था तथा समितिकाे बिधानमा अधिवेशनका लागि बहुमतबाट निर्णय हुनुपर्ने प्रावधान रहने भन्दै लाैडारीले बहुमतकाे निर्णय बिना अधिवेशन र निर्वाचन प्रक्रिया अघि बढेकाे  अारोप लगाए । उनले निर्वाचन कमिटीसंग अधिवेशनकाे माइन्ट र खानेपानी उपभाेक्ता समितिकाे बिधान माग गरेका छन ।

अधिबेशनकाे उपस्थिती र बैठककाे निर्णय पुस्तिका अाफूसंग नरहेकाे निर्वाचन संयाेजक अमृत नेपालीले जानकारी दिए । समितिका पदाधिकारीहरूसंग छलफल गरेर अघि बढ्ने नेपालीले जानकारी दिए । शुक्रबारदेखी शुरू भएकाे दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे दशाै साधारण सभा तथा चाैथाे अधिवेशनमा अध्यक्ष पदका लागि बृषराज श्रेष्ठ र रामचन्द्र सापकाेटाले उम्मेदवारी दर्ता गराएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *