May 22, 2022

दमौली – तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको १६ औं महाधिवेशनको निर्वाचनबाट श्रेष्ठ ८ सय ६ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार बैकुण्ठनाथ मिश्रले ६ सय ६५ मत प्राप्त गरेका छन् ।१ सय ४१ मतान्तरले श्रेष्ठ बिजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ । अध्यक्ष पदको लागि अर्जुन अधिकारीले समेत उम्मेदवारी दिएकाेमा उनले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्षमा श्रेष्ठ र मिश्र चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा निर्वाचित पविन्द्रकुमार श्रेष्ठ यसअघि तनहुँ उद्योग वाणिज्य संघकाे महासचिवकाे जिम्मेवारी सम्हालि सकेका छन । १ हजार ९ सय ५० मतदाता रहेकाेमा शनिवार सम्पन्न मतदानमा १ हजार ४ सय ९४ मत खसेको निर्वाचन समितिका संयाेजक भानुभक्त सुवेदीले जानकारी दिए । मतगणनाकाे क्रममा २३ मत बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

तनहुँ उद्योग वाणिज्य संघका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएकाे थियाे । संघको प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल, द्वितिय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ,एसोसिएटमा शिवओम मल्ल र बस्तुगत सदस्यमा नेपाल सुनचाँदी व्यवसायी संघ सर्वसम्मत चयन भएका थिए ।

 

Leave a Reply

Your email address will not be published.