December 10, 2022

दमाैली– शनिवार र आइतबार आएको हावाहुरीका कारण तनहुँमा पाँचलाख भन्दा बढीको क्षती भएको  छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्इदिन सम्म आएको हावाहुरीबाट जिल्लाका १८ घरमा क्षती पुगेको जनाएको छ ।

शनिवार बेलुका आएको हावा हुरीको कारण तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १३ का ११ घरधुरी, भानु नगरपालिका वडा नं. ६ का ५ घरधुरी, देवघाट गाउँपालिका बडा नं. ३ को १ घरधुरी र बन्दिपुर गाउँपालिका वडा नं. ६ मा १ घरधुरीमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिए । हावाहुरीले भानु नगरपालिका वडा नं. १ स्थित भिमसेन प्राथमिक बिद्यालयको छानाको टिन समेत उडाएर क्षती पुर्याएको छ ।

दुइ दिनको हावाहुरीले पाँच लाख बिस हजार रूपैया भन्दा बढिको क्षती पुगेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्राकृतिक बिपत्ती मध्येको हावा हुरी पछिल्लो समयमा दिनानुदिन बढ्दै गएकोले यसबाट हुनसक्ने बिभिन्न जनधनको क्षती सम्बन्धमा पुर्व सतर्कता अपनाउन समेत प्रहरीले जिल्लाबासीलाइ अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *