व्यास नगरपालिकामा पनि बिस्तार भयो विवेकशिल साझा

Byखवरबाटिका

११ बैशाख २०७८, शनिबार १६:०९ ११ बैशाख २०७८, शनिबार १६:०९ ११ बैशाख २०७८, शनिबार १६:०९

दमाैली – विवेकशिल साझा पार्टीले व्यास नगरपालिकामा समिति बिस्तार गरेको छ । विवेकशिल साझा पार्टी तनहूँका संयोजक सागर घिमिरेको संयोजकत्वमा शनिवार दमौलीमा भएको भेलाले सलमान अलीको संयोजकत्वमा १९ सदस्यीय ब्यास नगरपालिका समिती गठन गरेको हो ।
समितिको सह–संयोजकमा विप्लता ढुंगाना, सदस्यहरुमा बिरोध श्रेष्ठ, महमदगफार, रुपेश पन्थ, शुशिलकुमार श्रेष्ठ, उमेश पौडेल, हसिना वानु, खेमराज परियार, हमिफ महमद, टुकराज अधिकारी, सिकन्दर वक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल, सुर्य बहादुर बि.क., लक्ष्मण गुरुङ र सुरेस मझकोटी रहेका छन ।
भेलालाई सम्बोधन गर्दै विवेकशिल साझा पार्टीका सचिवालय सदस्य एंव संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीले देश ब्यापी रुपमा संगठन विस्तारमा जुटेको बताए । विवेकशिल साझा पार्टीका सचिवालय सदस्य एंव गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पार्टीले गण्डकी प्रदेशका सात जिल्लामा संगठन निर्माण गरिसकेको र बाँकी जिल्लाहरुमा चाँडै संगठन विस्तार गर्ने जानकारी गराए।
प्रतिवद्धता मन्तब्य राख्दै ब्यास नगर संयोजक सलमान अलीले देशमा विद्यमान वर्तमान राजनिती बिग्रदै गएकाले यसको सुधारको निम्ती युवाहरु राजनितीमा प्रत्यक्ष सहभागी हुनुपर्ने कुरा जोड दिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रजनी के.सी., शुशिला के.सी. अधिकारी, तृष्णा भण्डारी, आशुतोष प्रधान, रोशनी अधिकारी, सरोज गौतम लगायतले नव–घोषित समितीलाई शुभकामना दिदै आफ्नो मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको संयोजक तथा तनहु जिल्ला समितीका संयोजक सागर घिमिरेले तनहँु जिल्लाका अन्य स्थानिय तहमा समिती गठन गर्ने तयारीमा रहेका जानकारी दिदै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम सञ्चालन तनहु जिल्ला सह संयोजक नगेन्द्र शर्मा ढुंगानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *