अर्को व्यवस्था नभएसम्म म्याग्देका विद्यालय बन्द रहने

Byखवरबाटिका

१६ बैशाख २०७८, बिहीबार २१:२१ १६ बैशाख २०७८, बिहीबार २१:२१ १६ बैशाख २०७८, बिहीबार २१:२१

म्याग्दे – म्याग्दे गाउँपालिका क्षेत्र भित्र रहेका शिक्षण संस्थाहरू अर्को व्यवस्था नभएसम्म बन्द रहने भएको छ । म्याग्दे गाउँ कार्यपालिकाकाे बिहिवार बसेकाे बैठकले शिक्षण संस्थाहरू , ट्युसन सेन्टर , छात्रावास , मन्टेश्वरिहरूमा अर्को ब्यबस्था नभएसम्म भाैतिक रूपमा पठनपाठन बन्द गर्ने तर शिक्षकहरू विद्यालयमा नियमित उपस्थित भइ परिक्षाकाे तयारी , सुचना प्रविधिकाे अभ्यास , शैक्षिक सामाग्री निर्माण तथा काेराेना सम्बन्धि सुचनामुलक सचेतना कार्यहरू गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

यस्तै बिवाहा , ब्रतबन्ध , दाहसंस्कार , सभासम्मेलन जुलुस , जात्रा , भाेजभतेर , महाेत्सव जस्ता संस्कार हरूमा बढिमा २५ जना सम्म मात्रै उपस्थित हुन पाउने निर्णय गरिएको अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बसेकाे बैठकले हाेटेल , हाेमस्टे , विभिन्न पसल तथा ब्यबसाय बेलुका ८ बजेसम्म मात्रै खाेल्न , कालाेवजारि नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता शिवसरण वाग्लेले बताए ।

यस्तै बैंक तथा बित्तिय संस्था , सहकारी लगायतका सेवाप्रदायक संघसंस्था हरूले मास्क , सेनिटाइजरकाे प्रयाेग गरि भाैतिक दुरि कायम गर्न अनुरोध गर्ने निर्णय गरेको गापा अध्यक्ष मायादेवी रानाले बताइन् ।मठमन्दिर गुम्बाहरूमा भिडभाड नगर्न , भारत लगायतका अन्य मुलुक बाट आएका मानिस हरूलाइ १४ दिनसम्म क्वारेन्टाइन मा बस्न , गाउँपालिकाका दुईवटै एम्बुलेन्स चाैविसै घण्टा सञ्चालन गराउने र एउटालाई काेभिड १९ शिर्षकमा परिचालन गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

गाउँपालिका भित्रका निजि , सरकारि तथा सार्वजनिक सवारीसाधनमा सिट क्षमताको ७५ प्रतिशत मात्रै यात्रु राख्ने , टाेलटाेलमा काेभिड सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने , विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने , अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कने र जिल्ला प्रशासन कार्यलय बाट जारि सुचनालाइ पालना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रानाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *