मिगाैला बिरामीलाइ सहयोग

दमाैली – व्यास नगरपालिका १२ छिर्कनका २८ बर्षिय अनुप क्षेत्रीको उपचारका लागि दुबाइमा कार्यरत तनहुँ व्यास ५ साँगेका नवीन पुलामीले १० हजार रुपैयाँ सहयोग गरेका छन । मिर्गौला बिरामि क्षेत्रीलाइ सहयोग ब्यास-संगीतिक समूहका अध्यक्ष मोहन राज आलेले सनिवार हस्तान्तरण गरेको हो।
घरको जेठो छोराको स्वास्थ्यमा समस्या आए पछि घर परिवार एबं अनुपका बुवा अहिले चिन्तित् देखिन्छन् । हप्तामा १० हजार खर्च गर्दै उनले पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पलातमा दुई पटक डायलिसस गर्दै आएका छन । सामान्य परिवारबाट रहेका अनुप, उनको घरको आर्थिक अवस्था कमजोर रहेकोले उनका बुबा पदम बहादुर क्षेत्रीले सहयोगको अपिल गरेका छन् ।
“हाल हप्तामा दुई पटक डायलायसीस गर्नु परेको छ , डाक्टरले चाडैं मृर्गौला प्रत्यारोपण गर्नु पर्छ भन्नु भएको छ । पैशा अभाबका कारण उपचारमा ढिलाई भईरहेको छ ” बिरामी अनुपले भने । “डाक्टरले १०देखी १५ लाख सम्म लाग्छ भन्नुभएको छ, परिवारिक अवस्थाबाट उपचारको सम्भव नभएपछि सहयोगको अपिल गरेको हु ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button