कोभिडले बिगारेको नेपालको अर्थतन्त्र

                                         बिधान रानाभाट

बिश्वका प्रायजसो मुलुक भिन्न भिन्न क्षेत्रमा अग्रसर छन । कोही मुलुक औद्योगिक रुपमा सम्पन्न छन भने केही मुलुक विज्ञान र प्रविधीको क्षेत्रमा फड्को मारिसकेका छन । केही मुलुक शैक्षिक क्षेत्रमा अब्बल छन भने केही मुलुक स्वास्थ्य उपचारको क्षेत्रमा आगाडि रहेको हामीले देख्न सक्छौ। बिश्वका विभिन्न बिकसित राष्ट्रमा सबै राम्रो हुँदै गैरहेको अबस्थामा सन २०१९ को अन्त्यमा चाइनाबाट शुरु भएको कोभिड १९ भाइरसले बिश्वको अर्थतन्त्रमा ठूलो चुनौती खडा गरिदिएको छ ।
अहिलेको बिसम परिस्थितिलाई नियाँल्दा अधिकाश राष्ट्रमा मानिसहरु कोरोनासंग लडाईमा जुटिरहेका छन। कोरोना संक्रमणले अर्थतन्त्रमा ठूलो धक्का लागेसंगै बिकसित राष्ट्रहरू पनि अहिले निकै कठिन अबस्थामा पुगेका छन । बिज्ञान र प्रविधीले परिवारसंग सबैलाई खुसी बनाईरहेको अबस्थामा कोरोना भाइरसको संक्रमणले सारा संसारलाई नै कठिन अबस्थामा पु¥याएको छ।
अन्तर्राष्ट्रिय स्तरमा फैलिएको यस भाइरसले बिकासको क्रममा लम्कदै गरेको हाम्रो देश नेपाललाई पनि ठुलो क्षती पु¥याएको छ। हामीले अहिले प्रत्यक्ष महसुस गर्न सक्छौ। अहिले केही मानिस कोरोना भाइरसको संक्रमणले ज्यान गुमाईरहेका छन भने केही भोकले पनि मर्न सक्ने अबस्था देखिन थालेको छ।
कोभीड १९ अघिको कुरा हो, हाम्रो मुलुकमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भने अभियान कति सम्म सफल भयो हामी जनतालाई प्रष्ट थाहा छ। मुलुकले सबै क्षेत्रमा राम्रो गति लिई राखेको अबस्थामा कोरोना भाइरसको जोखिमले हाम्रो मुलुकको अर्थतन्त्र संगै सबै क्षेत्रलाई पूर्णरुपमा धरासायी बनाएको छ । नेपाल भ्रमण वर्ष २०२०ले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पु¥याउने विश्वास बोकेका हामी नेपालीलाई कोरोना भाइरस संक्रमण फैलिएसंगै यसले ठूलो नोक्सानी व्यहोर्न बाध्य बनायो । २० लाख अन्तराष्ट्रिय पर्यटक नेपाल भित्रयाउने तयारीलाई सार्थक बनाउन दिएन । सरकारबाट भएको सबै तयारी बालुवामा पानी मै सिमित रह्यो ।
नेपाल प्राकृतिक सौन्दर्यमा धनी देश भएकाले नेपालको विकासको प्रमुख आधार भनेकै पर्यटन व्यवसाय हो। पर्यटन व्यवसायले ठूला तारे होटलदेखी गाउँमा संचालन भएका होमस्टे मार्फत ग्रामिण परिवेशलाई समेत टेवा पुग्ने थियो । गाउँ ठाउँमा नै रोजगारीको अबसर श्रृजना भएपछि बैदेशिक रोजगारीका लागि युवाहरु बिदेशिनु पर्ने अबस्था केही हदसम्म टर्ने थियो। गाउँमै उत्पादित कुखुरा, बाख्रा संगै तरकारी, दुग्धजन्य उत्पादनले पनि सहजै बजारीकरण पाउन मद्दत पुग्ने थियो । नेपालीका लागि धेरै सम्भावना बोकेको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारणले संकटमा प¥यो।
कोरोना संक्रमणले धेरैको उद्योग कलकारखाना बन्द गरायो भने धेरै जनालाई बेरोजगार पनि बनायो। निर्माण हुँदै गरेका ठूला ठूला होटल तथा संरचना रोकिए । सरकारले योजना तथा तर्जुमा गरेका बिकासको ठूलो बजेट कोरोना नियन्त्रणका लागि प्रयोग भयो । एक अर्थमा भन्नु पर्दा बिकसित मुलुकलाई झण्डै आधा दशक पछि धकेलेको कोरोना संक्रमणले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई झण्डै एक÷डेढ दशक पछाडी धकेल्यो भन्दा फरक नपर्ला ।
अहिले पनि भेरियन्ट सहित कोरोना संक्रमणको दोश्रो लहर फैलिएको छ। छिमेकी मुलुक भारतमा पछिल्लो समय दैनिक लाखौँ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । हजारौं मानिसले ज्यान गुमाएका छन । अहिले नेपालको दैनिक तथ्याङ्क पनि बढ्दै गईरहेको छ । यस्तो बिषम परिस्थितीमा हामी पहिला आफू सुरक्षित हुन जरुरी छ। आफूसंगै परिवार र समाजको जिम्मेवारी पनि हामै काँधमा छ । अहिले सरकार र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। यस्तो अबस्थामा अनावश्यक हिडडुल नगरी घरमा नै बस्नु सबैका लागि बुद्धिमानी हुन्छ। हामी घरभित्रै सुरक्षित भएमात्र कोरोना संक्रमणलाई जित्न सकिन्छ । अन्त्यमा, कोरोनाको जोखिमपूर्ण समयमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी धन्यवादका पात्र हुन।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button