तनहुँमा एक काेराेना संक्रमितकाे मृत्यु

दमाैली – काेराेना संक्रमण पुष्टी भएका तनहुँका एक पुरूषकाे अाइतबार मृत्यु भएकाे छ । भानु नगरपालिकाका ६५ बर्षिय बृद्धकाे थप उपचारका लागि पाेखरा लैजाने क्रममा मृत्यु भएकाे हाे ।

स्वास्थ्यमा समस्या अाएपछि दमाैली अस्पताल ल्याइएका बिरामीकाे स्वास्थ्य जाँचपछि पाेखरा रिफर गरिएकाेमा पाेखरा लैजाने क्रममा अाफन्तले निधनकाे अाशंका गरेपछि उनलाइ पुनः फर्काएर दमाैली अस्पताल ल्याएका थिए । दमाैली अस्पतालका चिकित्सकले उनकाे निधन भएकाे पुष्टि गरेकाे हाे । उनले सुगर र प्रेसर सम्बन्धी अाैषधी समेत सेवन गर्दै अाइरहेका थिए । मृतककाे शव अन्तिम संस्कार कार्यका लागि अावश्यक तयारी भइरहेकाे स्रोतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button