भ्यान्टिलेटर, आईसियु र अक्सिजन प्लान्टका लागि ९ करोड

Byखवरबाटिका

२ जेष्ठ २०७८, आईतवार २१:४२ २ जेष्ठ २०७८, आईतवार २१:४२ २ जेष्ठ २०७८, आईतवार २१:४२

तनहुँ- तनहुँमा भ्यान्टिलेटर, आईसियु र अक्सिजन प्लान्ट निर्माणका  लागि अर्थ मन्त्रालयले ९ करोड बिनियोजन गरेको छ।

तनहुँ १ का सांसद कृष्णकुमार श्रेष्ठ, तनहुँ २ का सांसद केदार सिग्देल र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको पहलमा शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा अाईसियु बेड जडानको लागि ६ करोड अर्थ मन्त्रलयले बिनियोजन गरेको हो।

त्यसैगरी तनहुँमा अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनको लागि ३ करोड  रुपैया तत्काल उपलब्ध गराउने निर्णय भएको तनहुँ १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले जानकारी दिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *