क्षत्री समाज नेपाल द्वारा १ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

Byखवरबाटिका

१० जेष्ठ २०७८, सोमबार ११:५६ १० जेष्ठ २०७८, सोमबार ११:५६ १० जेष्ठ २०७८, सोमबार ११:५६

दमौली-  क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काेभिड १९ काे राेकथामका लागि सहयोग पुगाेस भनेर अाँफुहरूले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले बताए । उक्त सामाग्री तनहुँका प्रमुख जिल्ला अधिकारि सागर अाचार्य मार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीलाई बुझाइएको हाे । स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सागर अाचार्यले क्षत्री समाज नेपाल तनहुँ लाई धन्यवाद दिए । काेभिड १९ का कारण सिङ्गो देश अाक्रान्त भइरहेको बेला त्यस सँग सम्बन्धित स्वास्थ्य सामाग्री सहयोग गरेर समाजले नमुना काम गरेको अाचार्यले बताए । क्षेत्री समाज नेपाल तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले सामाग्री हस्तान्तरण गर्दै केही भए पनि सहयोग हुने हुँदा क्षत्री समाजका २५ जना सदस्यहरूवाट स्वस्फूर्त रूपमा रकम संकलन गरि सामाग्री ल्याइएको जानकारी दिए । क्षत्री समाज तनहुँले यसअगाडि नैँ अाफ्नाे भवन निशुल्क रूपमा अाइसाेलेसनका लागि दिएको अधिकारीले बताए । स्वास्थ्य सामाग्रीमा मास्क सय थान , सेनिटाइजर सय थान , पिपि ३० थान र फेसिल सय थान गरि १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको क्षत्री समाज जिल्ला सदस्य एवं स्वास्थ्य सामाग्री संकलन संयाेजक रामचन्द्र अधिकारीले बताए । स्वास्थ्य सामाग्री तनहुँकाे दमाैली अस्पताल , ब्यासनगर अाइसाेलेसन , म्याग्देमा रहेको जामुने काेभिड अस्पताल , जिपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , बन्दिपुर अस्पताल , पुरनडिहि अस्पताल भानुकाे लागि सहयोग गरिएको क्षत्री समाज ब्यास नगर सभापति प्रेमबहादुर रावतले बताए । कार्यक्रममा केन्द्रीय सदस्य क्याप्टेन भरतबहादुर अधिकारी , चक्रबहादुर अधिकारी , नानुमाया बस्नेत , अर्जुन बहादुर अधिकारी , बिरेन्द्र अधिकारी , हरि कार्की , सारदा थापा अधिकारीकाे उपस्थिति रहेको थियो । त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालकाे पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *