May 16, 2022

दमौली- व्यास ७ पाथ्रा स्थायी ठेगाना भई हाल व्यास ४ नमुना टाेल वस्ने  ८० वर्षीय मुक्तिनाथ न्याैपानेले नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन।

पत्रकारका लागि सबै तह र तप्काबाट कल्याणकारी काेषका लागी अभियान संचालन भएकोमा आफुले खाजाखर्च कटाएर ३ हजार ५५ रूपैया सहयाेग गरेको बताए।
“याे सरकारले खाजा खान भनेर दिएकाे वृद्धा भत्ताबाट कोषलाई दिएकाे हुँ,’ उनले भने, ‘समाजका ऐना पत्रकारका लागि सबैले सकेकाे सहयाेग गरौ। ”  उनलेे स्वच्छन्द कल्याणकारी फाेरम भएन भने पत्रकारिता पेसाले पित पत्रकार जन्माउछ भन्दै सबै व्यक्ति ,संघसंस्था टाेलविकास संस्था सवैलाई पत्रकार कल्याणकारी काेषलाई सहयाेग गर्न अनुराेेध समेत गरे ।

Leave a Reply

Your email address will not be published.

Holler Box