गण्डकीको बजेट अधिवेशन जेठ १६ मा


पोखरा – गण्डकी प्रदेशको बजेट अधिवेसन जेठ १६ गतेदेखि चल्ने भएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले १६ गतेका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
यो अधिवेसनमा बजेट निर्माण, नीति तथा कार्यक्रम पारित गर्नेछ भने सरकारले विश्वासको मत समेत लिने कार्यसूची छ । गण्डकीको लागि यो अधिवेशन निकै महत्वपूर्ण रहनेछ ।
आगामी सरकार यहि निरन्तर रहने वा नयाँ बन्ने टुंगो पनि यहि अधिवेसनमा लाग्ने छ भने सरकार गठन हुन नसके मध्यावधि चुनाव घोषणा हुनेछ ।
मन्त्रीपरिषद् बैठकले प्रदेश स्तरीय सडकको पहिचान र त्यसको संरचनाबारे विधेयक तयार गर्न सैद्धान्तिक स्विकृति दिएको प्रबक्ता रामशरण बस्नेतले बताए । सरकार यतिबेला बजेट निर्माणमा ब्यस्त छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button