व्यासमा पिसिआर प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारकाे ५० लाख

दमाैली– व्यास नगरपालिकामा संचालन गर्न लागिएकाे पिसिअार परिक्षण केन्द्रकाे निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रूपैया बिनियोजन गर्ने भएकाे छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलकाे नेतृत्वमा मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरूङसंगकाे भेटपछि प्रदेश सरकारले प्रयाेगशाला निर्माणका लागि  ५० लाख रूपैया बिनियाेजन गरेकाे हाे ।

पछिल्लाे समय काेराेना भाइरसकाे संक्रमण देशव्यापी रूपमा बढ्दै जान थालेपछि गण्डकी प्रदेशमा संचालनमा रहेका प्रयाेगशालामा पठाइएकाे पिसिआर परिक्षणकाे रिर्पाेट सार्वजनिक हुन लामाे समय लाग्न थालेपछि व्यास नगरपालिकाकाे सक्रियतामा तनहुँ जिल्लाका १० पालिकाका लागि प्रयाेगशाला निर्माण गर्ने निर्णय गरेकाे थियाे ।

पिसिआर प्रयाेगशाला निर्माणका लागि तनहुँ १ का निवर्तमान प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठकाे सक्रियतामा अर्थमन्त्रालयले २५ लाख रूपैया बिनियोजन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button