May 22, 2022
दमाैली – प्रेस युनियन तनहुँले स्थापना गरेको ‘‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’’ वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस युनियन तनहुँकाे भर्चुअल बैठकले बस्नेतलाइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्वर्गिय शिक्षक खनालको स्मृतिमा उनका छोरा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले पुरस्कारकाे स्थापना गरेका हुन ।
५ हजार ५ सय ५५ रुपैयाँ नगद सहितको पुरस्कार प्रेस युनियन स्थापना दिवस जेठ १३ गते प्रदान गरिने भएपनि कोभिड –१९ को सङ्क्रमणको विषम परिस्थितीले गर्दा पछि सजह वातावरण भएपछि प्रदान गरिने प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिए । वरिष्ठ पत्रकार बस्नेत राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादक हुन । प्रेस युनियन तनहुँको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले तनहुँबाट नै पत्रकारिता सुरु गरेका थिए ।
प्रेस युनियन तनहुँले पहिलो पटक पुरस्कार वितरण कार्यको थालनी गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published.