December 10, 2022

तनहुँ –  तनहुँ जिल्लाका फर्निचर उद्योगमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए दमाैली स्थित त्रिनेत्र स्टील एण्ड फर्निसिङ प्रा.लि.का संञ्चालक अम्मर भण्डारीले पाँच हजार रूपैयाका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । तनहुँ फर्निचर व्यवसायी संघको सिफारिसमा संघमा आवद्ध भएका फर्निचर व्यवसायीकाे उद्योगमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा पाँच हजार सहयाेग दिने घोषणा गरेका हुन ।
व्यासनगरपालिका–१ निर्मलनगरमा रहेको प्रालिका संञ्चालक भण्डारीले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई सानो रकम भएपनि सहयोग गरेर हौसला प्रदान गर्न लागेकाे बताए । संघमा आबद्व भएका फर्निचर उद्याेगमा कार्यरत एक फर्निचरबाट बढीमा तीन जना सम्म कर्मचारीलाई जनही पाँच हजारका दरले रकम दिने योजना रहेको अम्मर भण्डारीले जानकारी दिए ।
तनहुँमा संघमा आबद्ध भई करिब चालिस वटा फर्निचर उद्याेग संञ्चालनमा रहेका छन । साथै भण्डारीले कोरोना महामारीको समयमा निषेधाज्ञा अवधिभर गरीब,असहाय,अशक्त तथा अपेप्ठ्यारोमा परेका बिरामीलाई अस्पताल सम्म लैजानको लागि आफ्नो गाडी निशुल्क उपलव्ध गराउने घोषणा समेत गरेका छन । व्यवसायी भण्डारी गोरखाली समाज तनहुँका सल्लाहकार समितिका सदस्य, जनता समाजवादी पार्टीका नगर अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *