विपन्न पन्ध्र परिवारलाई न्युडेको खाद्यन्नय सहयोग

 

दमौली

तनहुँको व्यास १२ स्थित लामिडाडामा रहेको भुजेलगाँउलाई सामाजिक संस्था न्युडे डेस्टिनी सेन्टरले आज खाद्यन्नय साम्रगी बितरण गरेको छ । संस्थाले स्थानपा समय देखि गरिब, असाय, र अभावमा परेकाहरुलाई सहयोग गर्दै आएको छ । कोरोनाका कारण लकडाउनमा परेर जिबिका चलाउन समस्यामा रहेका पन्ध्र परिवारलाई संस्थाका अध्यक्ष सुमन श्रेष्ठले खाद्यन्नय राहत सामग्री बितरण गरेका हुन् । उनले एक बोरा चामल, दाल, नुन, सोयाबिन आदि खाद्यन्नय पन्ध्र परिवारलाई बितरण गरेका छन् । अध्यक्ष श्रेष्ठ भने उहाँहरुको आर्थिक अबस्था एकदम न्युन रहेको छ । अहिले देशैभरी लकडाउन रहेको छ । कामहरु बन्द रहेको छ । जिबन चलाउन ग्राह्रो रहेकोले सहयोग गरेको हु । खाद्यन्नय राहत पाउदा भुजेल परिवारहरु अनुहारमा खुसी छाएको थियो । राहत सहयोगका लागि खुसी हुदै अध्यक्ष श्रेष्ठलाई स्थानिय जसबहादुर भुजेलले धन्यवाद व्यक्त गरेका थिए । उक्त सहयोग कार्यक्रममा संस्थामा सदस्यहरु बिसर्जन पौडेल र राजेन्द्र परियार लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button