November 30, 2022

काठमाण्डाै – एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेकाहरुलाई छुट दिने भएको छ ।

कम्पनीले बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज अर्को सूचना जारी नभएसम्मको लागि छुट दिने जनाएको छ ।

यस्तै कम्पनीले बीमाशुल्क अनलाइन मार्फत ई सेवा, फोनपे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *