एकसाता निषेधाज्ञा थप (के के खुल्छन ?)

दमाैली – जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेकाे निशेषाज्ञा असार ७ गतेसम्म थप गरेकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे अाइतबारकाे बैठकले एक साता निशेषाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाइ सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सागर अाचार्यले एकसाताका लागि निशेषाज्ञा थप गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय तनहुँले अघिल्लाे निषेधाज्ञा भन्दा असार १ गतेदेखी लागु हुनेगरी निषेधाज्ञा केही फितलाे बनाएकाे छ । बिहान ५ बजेदेखी ९ बजेसम्म संचालन हुँदै अाएका अत्यावश्यक व्यवसाय संचालनका लागि एक घण्टा समय थप गरेकाे छ भने स्टेशनरी, सवारीसाधन तथा माेबाइलकाे वर्कशप खुल्ला गर्ने निर्णय गरेकाे छ । व्यवसायीहरूले स्वास्थ्य र सुरक्षाकाे मापदण्ड पूरा गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुराेध गरेकाे छ ।

त्यसैगरी बैक तथा बित्तिय संस्था, बिमा तथा सहकारी पनि सिमित कर्मचारीकाे उपस्थितीमा बिहान १० बजेदेखी १ बजेसम्म संचालन गर्न प्रशासनले अनुमतनी दिएकाे छ ।

हेर्नुहाेस निषेधाज्ञाकाे अादेश

 

 

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button