चितुवाको आक्रमणबाट बालिका घाइते

Byखवरबाटिका

३० जेष्ठ २०७८, आईतवार २१:५० ३० जेष्ठ २०७८, आईतवार २१:५० ३० जेष्ठ २०७८, आईतवार २१:५०

दमाैली – चितुवाको आक्रमणबाट आइतबार साँझ तनहुँमा एक बालिका घाइते भएकी छिन । व्यास नगरपालिका वडा नं. १२, देउराली पालिङकी साडे २ बर्षिया अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।
घाइते परियारको चिउडोमा चोट लागेको छ । घरभित्रै भात खाने तयारी गरिरहेको अबस्थामा चितुवाले घरभित्रैबाट छोरीलाई तानेपछि आफूले छोरीलाई तानेको घाइते अनुष्काकी आमा मधु परियारले बताइन । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई ताने,’ उनले भनिन, ‘३ कान्लासम्म लतारेपछि चितुवाले छाड्यो अनि मैले छोरीलाई लिएर घर फर्किए।’
घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भईरहेको छ। उनको अबस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *