जीबि चिरनको जीवन्त अभिनयमा ‘धुरुरु’

काठमाण्डाै –  रुचाइएका मोडल चिरञ्जीवि सापकोटा (जीवि चिरन) को नयाँ गीत  सार्वजनिक भएको छ । बादल थापाको शब्द, लय तथा स्वर रहेको धुरुरु बोलको गीत सार्वजनिक भएको हो ।
जीबि चिरनलाई भिडियो अभिनयमा कृष्टिना केशी, शिशिर भण्डारी र सुबास बजगाईले सघाएका छन । दिपक गिरीको छायांकन रहेको भिडियोमा जिवी चिरनले जीवन्त अभिनय दिएका छन । आहा टिभीबाट यसैसाता सार्वजनिक भएको म्यूजिक भिडियोमा श्रृजन बरालको निर्देशन रहेको छ । ‘धुरुरु’ अहिले युट्युवको टेण्ड्रिङमा निरन्तर उक्लिदै गएको छ ।
रिलमा पनि रियल अभिनय दिने गरेकाले पछिल्लो समय जीवि चिरन युवापुस्ताको आकर्षणमा परेका छन । संचारकर्मी समेत रहेका जीवि चिरनका ‘हेर यो मुटुमा’, ‘धोका दियौ’, ‘रेलको बाटो’, ‘बहिनी’ लगायतका गीतमा दर्शकले धेरै रुचाएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button