December 8, 2022
फाइल तस्बिर: सामाजिक संजालबाट

समुन्द्र पौडेल/दमाैली
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले आगमी असार १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । बिद्यालयमा भौतिक उपस्थिती हुने गरी पठनपाठन तथा कुनै पनि परिक्षा नलिन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाकै मुख्य बुदामा निर्णय गरेका छन ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा उल्लघन गर्दै दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले मंगलबार बिहान विद्यालयमा प्रवेश परिक्षाको तयारी गरेको छ । कक्षा ९ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले प्रवेश परिक्षाको तयारी गरेको श्रोतले जनाएको छ ।
देशकै उत्कृष्ट विद्यालय मध्येमा पर्ने सत्यवती माध्यमिक बिद्यालयको कक्षा ९ को प्रवेश परिक्षामा २ सय भन्दा बढि विद्यार्थी सहभागी हुने अनुमान छ । एसईई परिक्षा सरकारी विद्यालयबाट उर्तिण गराउने उद्देश्यले अभिभावकले आफ्ना छोरा छोरीलाई माध्यमिक तह अध्ययन गराउन सत्यवती माध्यमिक विद्यालय लैजाने गरेका कारण पनि कक्षा ९ मा विद्यार्थीको चाप बढि हुने गरेको छ ।
यस विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेललाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन । विद्यालयले मंगलबार बिहान ८ बजेबाट परिक्षाको तयारी गरेको छ ।
सत्यवती माध्यमिक विद्यालयले प्रवेश परिक्षाको तयारी गरेको विषयमा जिल्ला प्रशासन कार्यालयलाई कुनै पनि जानकारी नभएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । ‘हामीलाई अहिले सम्म यस विषयमा केही जानकारी छैन,’ उनले भने, ‘निषेधाज्ञाको उल्लंघन गरेर कुनै पनि गतिविधी संचालन हुन्छ भने प्रशासनले कारर्वाही गर्छ ।’
रोग संक्रमण ऐन अन्र्तगत निषेधाज्ञा उल्लंघन गर्ने मानिसलाई ३ लाख रुपैया र संस्थालाई ५ लाख रुपैया सम्म जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था छ । ऐन अनुसार सत्यवती माध्यमिक विद्यालयलाई प्रमुख जिल्ला अधिकारीले ५ लाख रुपैयासम्म जरिवाना र एक वर्ष कैद सजाय गर्न सक्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *