स्वास्थ्यकर्मीलाई नाक कान घाँटी सम्बन्धि अभिमुखीकरण

Byखवरबाटिका

७ असार २०७८, सोमबार २०:२५ ७ असार २०७८, सोमबार २०:२५ ७ असार २०७८, सोमबार २०:२५

बन्दीपुर– बन्दिपुर गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको नाक कान घाँटी सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गाउँपालिकाको आगामी बजेट स्वास्थ्यमा केन्द्रित गर्दै सार्वजनिक गर्ने तयारी भैरहेको बताए। साथै उनले कोरोना कहरमा स्वास्थ्यकर्मीले गरेको कामको जतिसुकै प्रशंसा गरेपनि कम हुने बताए।

गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख अञ्जीर भट्टराईले बताए।

डा. बिनोद दुवाडीको प्रशिक्षण रहेको कार्यक्रममा २७ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *