अब भाेर्लेटार चोकमा प्रहरी बिट

Byखवरबाटिका

१३ असार २०७८, आईतवार १८:४० १३ असार २०७८, आईतवार १८:४० १३ असार २०७८, आईतवार १८:४०

दमाैली–  दमाैलीकाे भाेर्लेटार चाेकमा प्रहरी बिट रहने भएकाे छ । व्यास-४ पृथ्वी राजमार्ग स्थित भोर्लेटार चोकमा व्यास नगरपालिकाले निर्माण गरेको प्रहरी विट आइतबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

व्यास नगरपालिकाका  नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक  अरुण पौडेललाई प्रहरी विटको चाबि हस्तान्तरण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा व्यास नगरपालिका प्रहरीको साथमा रहेको बताए । नागरीक स्तरका निकाय र सुरक्षा निकाय एकसाथ मिलेर सहकार्य गरेमा समाजमा शान्ति सुरक्षा कायम गर्न सफलता मिल्ने नगर प्रमुख न्यौपानेकाे भनाइ थियाे ।

प्रहरि उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापन, प्रहरी भवन निर्माण सि.सि.टि.भि मर्मत लगायतका धेरै विषयमा व्यास नगरपालिकाको उल्लेख्य सहयोग रहेको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको निरन्तरता दिन अनुरोध गरे । व्यास नगरपालिकाको करिब १ लाख रुपैयाँको लागतमा उक्त प्रहरि विट निर्माण गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *