बन्दीपुरमा पहिरोले घर पुरिदाँ २ को ज्यान गयो, ५ घाइते

तनहुँ – गएरातीदेखी परेको अबिरल बर्षाका कारण तनहुँ बन्दीपुरका २ घरमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन ।
पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भईरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले जानकारी दिए । ‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाई भईरहेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ।’ घाइते मध्ये १ जनालाई अस्पताल लगिएको र अन्यलाई अस्पताल लैजाने तयारी भईरहेको उनले जानकारी दिए ।
अबिरल बर्षासंगै पृथ्वी राजमार्ग तथा ग्रामिण सडकहरुमा पहिरो गएका छन । पृथ्वी राजमार्गका विभिन्न भागमा गएको पहिरो हटाएर सडक खुलाउनका लागि पहल भईरहेको जिल्ला प्रशासन कार्यालय तनहुँेले जनाएको छ । बर्षाको उच्च मापन भएकाले सर्तकर्ता अपनाउन प्रशासनले जिल्लाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button