उद्धारमा जुट्न कार्यकतालाइ एमाले तनहुँकाे निर्देशन

दमौली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षाका कारण मानविय तथा भौतिक क्षतिप्रर्ति दुख प्रकट गर्दे राहत तथा उद्धारमा खट्न  पार्टी पंक्ति, कार्यकर्ता तथा जनतामा अपिल गरेको छ । नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलद्धारा शुक्रबार विज्ञप्ती जारी गर्दै पार्टीका सवै स्थानिय कमिटीहरु(गाँउ, नगर, वडा), नेता, कार्यकर्ताहरु आफनो आफनो कार्यक्षेत्रमा यथाशिघ्र बाढी पीडितकाे सहयोगमा जुटन् आग्रह गरेका हुन ।

बिज्ञप्तीमा असार १६ गते देखिको अविरल वर्षाले तनहुँका विभिन्न स्थानहरुमा ठुलो जनधनको क्षति पुरयाएको हुदाँ जनतामा समस्यापर्दा सक्दो सहयोग पुरयाउनु सवैको कर्तव्य भएकाेले यो प्राकृतिक विपत्तिको समयमा प्रत्येक सरकारका सम्वन्धित निकायहरु सक्रियता पुर्वक उद्धार, राहत र उपचारमा जुटिरहेकाे उल्लेख गर्दै नेता कार्यकर्ता तथा जनतालाइ उद्धारमा जुट्न अनुराेध गरेका छन । यस्तो अवस्थामा राजनैतिक तथा समाजिक संघसंस्थाहरुको समेत सहयोग हुनु आवश्यक रहेकाे उल्लेख छ ।
मौसमविज्ञवाट अझै केहि दिन वर्षा हुने प्रक्षेपण भएकोले थप क्षतिवाट जोगाउन, वाढी पहिरोको जोखिम प्रति सजग रहन/गराउन समेत नेकपा एमाले जिल्ला कमिटी तनहूँले सवैमा अनुरोध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button