मानवअधिकार अनुगमन समिति गठन

Byखवरबाटिका

२३ असार २०७८, बुधबार १९:०६ २३ असार २०७८, बुधबार १९:०६ २३ असार २०७८, बुधबार १९:०६

दमाैली – कोभिड १९ बाट सिर्जित जटिल परिस्थिती र मानवअधिकारको अवस्था अनुगमनको लागि तनहुँमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वको समितिमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी महासंघको जिल्ला स्तरीय नेतृत्व सदस्य हुन्छन् । बुधबार नेपाल बार एसोसियसन तनहुँ बारका अध्यक्ष भानुभक्त सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले मानअधिकार अवस्था अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ तनहुँ अध्यक्ष उज्वल पौडेल र गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । यस्तै समितिको पहिलो बैठकले समितिको सदस्यहरुमा आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी कल्पना पौडेल, गैरसरकारी संस्था समन्वय समितिका महासचिव राजेश्वर हड्खले र दलित पत्रकार संघका अध्यक्ष सानेबहादुर नेपालीलाई थप गर्ने निर्णय गरेको छ ।

समितिले कोभिड १९ को कारण श्रृजित विषम परिस्थिती र बन्दाबन्दीको कारण नागरिकको मानवअधिकारमा परेको असरको बारेमा जिल्लामा अनुगमन गर्ने छ । निषेधाज्ञाको समयमा पनिनागरिकको मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुनु पर्ने हुँदा समितिले त्यसैबारेमा अनुमगन गर्ने संयोजक सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *