पहिराेले ऋषिङमा एक महिला पु-याे, ३ घर भत्कायाे

ऋषिङ- अबिरल बर्षाको कारण जिल्ला तनहुँ ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ५० बर्षिया देबिसरा थापालाई घर माथिबाट आएको पहिरोले पुरेकाे छ । पहिराेवाट जोगिन भाग्ने रुखको जरामा अड्किएको अवस्थामा सोही पहिरोले उनलाई पुरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
सो पहिरोले ३ घर पुरी पुर्ण क्षती बनाएको र अन्य ३ घर समेत जोखिममा रहेको तनहुँका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
पुरिएको व्यक्तीको उद्दार तथा खोजी कार्यको लागि स्थानीय बासिन्दाकाे सक्रियतामा प्रहरी चौकी रिसिङ रानीपोखरी तथा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली उक्त स्थानमा खटेकाे तनहुँ प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button