हाम्रो टिम नेपालबाट बाढि पहिरो पीडितलाई सहयोग

Byखवरबाटिका

२६ असार २०७८, शनिबार २१:४३ २६ असार २०७८, शनिबार २१:४३ २६ असार २०७८, शनिबार २१:४३

बन्दीपुर – बाढी पहिरोमा बिस्थापित बनेका बन्दीपुर गाउँपालिकाका १६ घरपरिवारलाई शनिवार हाम्रो टिम नेपालले डसना सहयोग गरेका छन । वाढी पहिरोले घर परिवारको उठिबास बनाएका बन्दीपुर–२ खहरेका १३ घरपरिवार र बन्दीपुर–३ तामुङ्ग गाउँका ३ घरपरिवारलाई लत्ताकपडा सहयोग गरेको हो ।

बन्दीपुर २ का वडा सदस्य रामशरण कुंवरले विपतको समयमा हाम्रो टिम नेपालले गाउँमै आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । बाढि पहिरोेले घरमा क्षती पु¥याएपछि बिस्तापित बनेका खहरे गाउँका १३ घरपरिवार अहिले आमा समुहको सामुदायिक भवनमा आश्रय लिएर बस्दै आइरहेका छन ।

बाढि र पहिरोले क्षती पु¥याएका घर र गाउँलेको अवस्था निकै दुखद महसुस गरेको हाम्रो टिम नेपालका व्यवस्थापक उमेश बोहोराले बताए । काठमाण्डौबाट आएको टिमलाई तनहुँ जिल्लाको संयोजन रोशन श्रेष्ठले गरेका थिए । टोलीले खहरेमा २ वटा त्रिपाल समेत प्रदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *