अग्निपीडित तथा क्लबलाई ५० हजार बराबरको सहयोग

आँबुखैरेनी- व्यवसायी अभियान श्रेष्ठले सोमबार अग्नि पीडित र स्थानीय क्लवलाई ५० हजार रुपैयाँ बराबरको विभिन्न सहयोग गरेका छन । श्रेष्ठले आँबुखैरेनी गाउँपालिका-५, बरालुङबेसि स्थित अग्नि पीडित स्यानी भुजेलको परिवारलाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्न, भाडाकुडा, सिरक डसना लगाएतका सहयोग सामाग्री हस्तान्तरण गरेका हुन । गत असार २९ गते बिधुत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर पुर्ण रुपले नष्ट भएको थियो । अग्नि पीडितको परिवारलाई राहत स्वरुप डेक्ची १ थान, कराही १ थान, थाल ५ थान,बाल्टिन १ थान, बाटा १ थान, केत्ली १ थान, कुकर १ थान, गिलास ५ थान, कचौरा ५ थान, जग १ थान, चामल २ बोरा, ५ केजि दाल, २ पोका नुन, बेसार-मसला ३ पोका, डसना २ थान, तन्ना २ थान, सिरानी ३ थान र सिरक २ थान हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए। यसैगरी, आँबुखैरेनी गाउँपालिका-५, बरालुङबेसि कै जनचेतना युवा क्लबलाई १० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग हस्तान्तरण गरेका छन । क्लबका सदस्य राजेश गुरुङलाई खेलकुद सामाग्री अन्तर्गत ३ थान भलिबल, १ थान पम्प र १ थान नेट हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button