व्यास नगरपालिकाले ल्यायाे नयाँ एम्बुलेन्स

Byखवरबाटिका

१५ श्रावण २०७८, शुक्रबार १८:३२ १५ श्रावण २०७८, शुक्रबार १८:३२ १५ श्रावण २०७८, शुक्रबार १८:३२
दमाैली- व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । जसका लागि नगरपालिकाले टाटा योद्दा एम्बुलेन्स खरिद गरिसकेको छ । १२ लाख ९५ हजार रुपैयामा खरिद गरिएको उक्त एम्बुलेन्स वातानुकूलित (एसी) सहितको भएको व्यास नगरपालिकाले जनाएको छ । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि धारा, स्ट्रेचर, अक्सिजन सिलिन्डर, फस्ट एड किट सहितको एम्बुलेन्स सेवा नगरपालिकाको तर्फबाट सञ्चालन गर्न पाएकोमा खुसी लागेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।  आ.ब २०७७/०७८ मा टेण्डर आह्वान गरि एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएकोमा सिप्रदि ट्रेडिङ प्रा.लि संग खरिद गरिएको हो । नगरपालिकाको मापदण्ड अनुसार एम्बुलेन्स सञ्चालन प्रकृयालाई अगाडि बढाइने र नगरबासीलाई सहज रुपमा सेवा प्रदान गरिने पनि नगर प्रमुख न्यौपानेले बताउनुभयो । निकट भविष्यमा व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि पनि सो एम्बुलेन्स प्रयोगमा ल्याईने नगरपालिकाले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *