November 30, 2022

दमाैली- शान्ति बर्ष वाेडिङ स्कुलका पूर्व शिक्षक बुद्धि थापाकाे उपचारका लागि पूर्व बिद्यार्थीहरूले आर्थिक सहयाेग गरेका छन । शान्तिबर्ष बाेडिङ स्कुलबाट २०५७ सालमा एसएलसी दिएका बिद्यार्थीहरूले १ लाख ९० हजार २ सय ८७ रुपैया आर्थिक सहयाेग प्रदान गरेका हुन ।

बिकास गुरुङ र उनका साथीहरुबाट ४५ हजार ७ सय ५१, कान्ता गुरुङबाट ३० हजार, यम गुरूङबाट २४हजार २ सय ६९, हाेम गुरुङबाट १५ हजार २ सय ६६, बिष्णु गुरुङबाट १५ हजार, शंकर गुरूङबाट १२ हजार, मिना गुरुङबाट १२ हजार, भरत गुरुङबाट १० हजार लगायतबाट रकम संकलन भएकाे केशरी गुरूङले जानकारी दिईन ।

पुर्व शिक्षक थापाकाे दुबै मृगाैलामा समस्या आएपछि उपचारका लागि उनका पूर्व बिद्यार्थीहरुले आर्थिक सहयाेग संकलन गर्दै आईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *