रोट्रायक क्लब अफ भानुको एक दिने प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रम ।

Byखवरबाटिका

२४ श्रावण २०७८, आईतवार ०९:२४ २४ श्रावण २०७८, आईतवार ०९:२४ २४ श्रावण २०७८, आईतवार ०९:२४

 

तनहुँ, २३ साउन
रोट्रयाक्ट क्लब अफ भानुको आयोजनामा शनिवार भानु नगरपालिकाको शभा हलमा एक दिने नेतृत्व बिकास सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नव नियुक्त चार्टर क्लब, रोट्रयाक्ट क्लब अफ भानुले क्लबमा आवद्ध भएका तथा भानुका विभिन्न क्षेत्रमा नेतृत्व गर्ने सोच भएका नगर क्षेत्रका युवाहरुलाई लक्षित गरी पहिलो नेतृत्व बिकास सथै अन्तर्कृया कार्यक्रम आयोजना गरेको हो ।

संस्थापक अध्यक्ष एंवम संविधान सभा सदस्य समेत रहेका रामचन्द्र पोख्रेलले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
रोट्रयाक्ट क्लब अफ भानुले भानु नगरपालिका भित्र आउने भबिस्यमा समाज परिवर्तनका लागि अहम भुमिका खेल्ने कुरामा पनि पोख्रेल ढुक्क छन ।

प्रशिक्षणमा रोटरी डिष्टिक को ट्रेनर एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले युवाहरुलाई नेतृत्व बिकास, युवा सहभागीता, युवा सोच, नेतामा हुनुपर्ने गुण, सफलताको लागि आवश्यक तत्व, कुशल नेतृत्वकर्ताको कर्तव्य लगायतका विषयमा प्रशिक्षण दिदै उत्प्रेरणा प्रदान गरेका थिए ।

त्यस्तै गरी सिर्जनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्युजका सम्पादक पवन पौडेलले युवाहरुलाई नेतृत्व बिकाससँगै बोल्ने कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

साथै मञ्चका उपाध्यक्ष एवं दमौली न्युजका प्रवन्ध निर्देशक सुमन श्रेष्ठले सफल जीवनयापनका लागि आवश्यक ज्ञान, सीपका बारेमा युवाहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा रोट¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले रोट¥याक्टको काम कर्तव्य र अधिकार बारे युवाहरुलाई जानकारी गराउदै समाजसेवाको निपष्क्ष भाव लिएर अघि बढ्न सुझाव दिएका थिए ।

भानु क्षेत्रका विभिन्न पेशामा आवद्ध भइ अरु भन्दा भिन्नर फरक सोच भएका युवाहरुलाई एकीकृत गरी स्थानीय बिकास निर्माणमा सघाउन क्लब स्थापना गरेको क्लबका अध्यक्ष सन्तोष ढकालले जानकारी दिए ।

युवाहरुलाई सकारात्मक मार्गमा हिड्न प्रेरित गर्दै युवामा भएको ज्ञान, सीप र क्षमता परिचालन गरी बिकासमा युवा सहभागी बढाउने उद्देश्यले भानु क्षेत्रमा रोट्रायाक्ट स्थापना भएको उनले बताए।
क्लबका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिका वडा नं २का सदस्य गणेश ढकाल, क्लबका उपाध्यक्ष अविन परियार , सहसचिव राजिव राउत, सदस्य अप्सना मिया लगायतले बोलेका थिए । केही सदस्यहरु भने कार्यव्यस्तताका कारण उपस्तिथ हुन नपाएको र
कार्यक्रममा भानुका सबै वडाको प्रतिनिधित्व हुने गरी करिब ४० जना युवाको सहभागीता रहेको क्लबका अध्यक्ष ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *