कुलचन्द्र बास्ताेला स्मृति कृषि सम्मानवाट घिमिरे सम्मानित

Byखवरबाटिका

६ भाद्र २०७८, आईतवार १४:४२ ६ भाद्र २०७८, आईतवार १४:४२ ६ भाद्र २०७८, आईतवार १४:४२

पाेखरा । मानवीय सेवा अभियानले सञ्चालन गरेकाे कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पाेखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् ।

उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व कुलचन्द्र बास्ताेलाकाे स्मृतिमा परिवारजनले स्थापना गरेकाे अक्षयकाेषवाट याे बर्ष काैसी खेती मार्फत घिमिरेलाई नगद सहित सम्मानपत्र,दाेसल्ला तथा मालाले सम्मान गरिएको हाे ।

मानवीय सेवा अभियानका अध्यक्ष अभियन्ता तथा पत्रकार सुष्मा पाैडेलले सम्मान हस्तान्तरण गरेकी हुन् । हजुरबुबा कुलचन्द्र बास्ताेलाले कृषि क्षेत्रमा पुर्याएकाे अतुलनीय याेगदानकाे कदर गर्दै स्थापना गरिएको कृषि सम्मानवाट काेसी खेती तथा जनजागरणमा याेगदान पुर्याउने घिमिरेलाई सम्मान गरिएकाे बताइन ।

अामा नन्दकली बास्ताेला तथा छाेरा छाेरीहरु लगायतकाे परिवारले बुवाले कृषि श्रेत्रमा पुर्याउनुभएकाे याेगदानकाे कदर गर्दै सम्मान तथा सहयापेक्षीलाइ सहयोग कार्यक्रम मानवीय सेवा अभियान मार्फत सञ्चालन गरिएकाे बताए । साथै बार्षिक पुन्य तिथीमा मानव सेवा अाश्रममा खाना खुवाउने कार्यक्रम समेत अायाेजना गरिएको छ ।

सम्मानित व्यक्तिकाे तर्फबाट बाेल्दै सावित्री धिमीरेले घरमै अाएर अाफुले गरेकाे मेहनतकाे सम्मान गरेकाेमा खुसी व्यक्त गरिन् । साथै अागामी दिनमा समेत सकृय भएर लाग्ने उत्प्रेरणा मिलेकाे बताइन ।
उनले सम्मान मार्फत पाएकाे रकम बरावर थप गरि मानवीय सेवा अभियानलाइ नै हस्तान्तरण गरेकी छिन ।

त्यस्तै दिपकराज घिमिरेले अाफ्नाे जिवनसाथीलाइ सम्मान गरेकाेमा खुसी व्यक्त गर्दै काैसी खेतीले अर्गानिक तरकारी खान पाइने तथा शारीरिक व्यायाम समेत हुने बताए ।

कार्यक्रममा एयरपोर्ट टाेल विकास संस्थाका अध्यक्ष श्याम श्रेष्ठ , नागबेली अामा समुहका संस्थाप अध्यक्ष गिता पाैडेल लगायतले बाेलेका थिए ।

अभियानका उपाध्यक्ष मेघमान श्रेष्ठले अभियानले गरेका गतिविधि बारे जानकारी तथा कार्यक्रम संयाेजक पिडी सिग्देलले सामाजिक ब्यक्तित्व कुलचन्द बास्ताेलाले समाजमा पुर्याएकाे याेगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा अभियानका सदस्य दिपा पाैडेल लक्ष्मी थापा लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन महासचिव सावित्री शर्माले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *