
दमौली – कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाको आयोजनामा व्यवसायीहरुलाई एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको प्रमुख अाितथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले कम्प्युटर एशोसियन तनहुँले समय सान्दर्भिक रुपमा व्यवसायीको हितमा कर सम्बन्धी तालिम संचालन गरेको बताए । ‘तालिमको अभावमा धेरै व्यवसायी मिसम्याचमा पर्ने समस्या झेल्दै आइरहनु परेको थियो,’ उनले भने, ‘तालिम पश्चात अबका दिनमा तालिमले व्यवसायीलाई सहज बनाउने विश्वास लिएको छु ।’
नेपाल ट्याक्स हेल्पलाइन प्रा.लि.का अच्युत भट्टराईले तालिमको सहकीकरण गर्दै आयकर, प्यान, भ्याटका बारेमा व्यवसायीहरु जानकार हुन आवश्यक रहेको औल्याए । सहभागीहरुलाई सिए अमित रिजाल र सिए राजमणि पोख्रेलले पान र भ्याटका व्यवसायीले कसरी विवरण दाखिला गर्ने भन्ने बारेमा जानकारी गराएका थिए।
कम्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाका अध्यक्ष टिकाराम पनेरुको सभापतित्वमा भएको कार्यक्रमका सहभागीलाई स्वागत गर्दै महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश भुषालले तालिम व्यवसायीहरुलाई लाभदायी हुने धारणा व्यक्त गरे । सहभागीका तर्फबाट रामप्रसाद भुषाल, सोना श्रेष्ठले मन्तव्य राखेको उक्त तालिमको संचालन कम्प्युटर एशोसियसन नेपाल, तनहुँ शाखाका सचिव लाल बहादुर थापाले गरेका थिए । तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो ।