कोभिड व्यवस्थापन अस्पताल व्यास-१० द्वारा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम ।

Byखवरबाटिका

३१ भाद्र २०७८, बिहीबार २०:१७ ३१ भाद्र २०७८, बिहीबार २०:१७ ३१ भाद्र २०७८, बिहीबार २०:१७
  • व्यास नगर कोभिड व्यवस्थापन अस्पतालले यस कोभिड माहामारी र भविष्यमा आउन सक्ने तेस्रो लहरले विद्यार्थीहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै व्यास-१० वडा समितीको सहयोगमा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम संचालन गरेको छ ।
    जस अन्तर्गत बिद्यालयका बालबालिकालाई कोभिड-१९ भाइरस सम्बन्धि ज्ञान, रोकथाम सम्बन्धमा मास्क कहिले र कसरी प्रयोग गर्नुपर्ने भिडभाडमा जादा अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्डहरु र WHO द्वारा दिइएको निर्देशन अनुशार हात धुने तरिकाको प्रदशन सम्बन्धमा व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका डा. सुरज घिमिरेको नेतृत्वमा अस्पतालका स्वस्थ कर्मी सरिता बोटे , शुशिला परियार र अम्बिका सिग्देल द्वारा व्यास-१० स्थित सम्पुर्ण बिद्यालयहरुमा जनचेतना कार्यक्रम संचालन गर्ने योजना गरेको छ। जस अन्तर्गत टोलिले आज पहिलो दिन कोभिड व्यवस्थापन अस्पतालका अध्यक्ष एंवम व्यास-१० नम्बर वडाका वडा अध्यक्ष तुलसीराम सापकोटाको प्रमुख उपस्थितिमा श्री शिव माध्यमिक बिद्यालय, श्री चण्डिदेवी माध्यमिक बिद्यालय र दुम्सी मेमोरियल बोडिङ्ग स्कुलबाट कार्यक्रम प्रारम्भ गरेको छ। उक्त कार्यक्रममा व्यास-१० का स्थानिय सुन्दर अधिकारीले यस्तो कार्यक्रम संचालन गर्न अत्यावश्यक रहेको र कोभिड व्यवस्थापन अस्पतालले कार्यक्रम संचालन गर्दा आफ्ना वडाका विद्यार्थीहरुमा जनचेतनाले प्रभाव पार्ने र यसले सबैमा माझ राम्रो सुचना प्रवाह गर्ने भन्दै उत्सुकता जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *