

भानु – तनहुँकाे थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिन थालेका छन । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिने क्रम शुरू भएकाे हाे । कार्तिक महिनाकाे पहिलाे मंगलबार देशका विभिन्न ठाउँबाट १८ वटा डाेली मन्दिरमा भित्रिएकाे थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । मंगलबार करिब २२ सय भक्तजनले मन्दिरकाे दर्शन र पुजाआजा गरेकाे समितिले जनाएकाे छ ।
साेमबार राती ५५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए । आ-आफ्नाे मनाेकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डाेली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन रहेको छ।