May 16, 2022

दमाैली – नेकपा एमालेकाे वडा तथा पालिका अधिवेशनकाे मिति घाेषणा भएसंगै अाकांक्षी उम्मेदवारहरू धमाधम खुल्न थालेका छन । यसैगरी नेकपा एमाले व्यास नगर अध्यक्षमा प्रेमप्रसाद पौडेलले पनि आफ्नो दावी प्रस्तुत गरेका छन् ।

विगतमा नगर कमिटी भित्रका विभिन्न पदमा रहेर पार्टीकाे जिम्मेवारी पुरा गरेकाले अागमी अधिवेशनका लागि अाफ्नाे अध्यक्ष पदमा उम्मेदवारी रहने पाैडेलले बताए । नेकपा एमाले क्षेत्रिय कमिटीको पूर्व सह-सचिवको जिम्मेवारी लिइसकेका पौडेलले आफू नगर अध्यक्षको स्वभाविक दाबेदार रहेको दाबी गरे ।

२०५२ सालदेखि नेकपा एमाले भित्र रहि निरन्तर सक्रिय पौडेलले आफ्नो नेतृत्वमा नगर अध्यक्ष पदमा सहमति बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.