May 17, 2022

सांकेतिक तस्बिर

तनहुँ – शिक्षिकालाइ अश्लिल म्यासेज पठाउने तनहुँका शिक्षक नेता बिरूद्ध उजुरी दर्ता भएकाे छ। पीडित मध्येकी एक शिक्षिकाले बिहीबार अनलाइन मार्फत नेपाल प्रहरीकाे साइबर व्युराेमा उजुरी दर्ता गराएका हुन ।

नेपाल शिक्षक संघका जिल्ला सचिव पदम खनाल बिरूद्ध उक्त महिलाले साइबर ब्युराेमा उजुरी दर्ता गराएकी हुन। सरूवा गरिदिने अाश्वासन दिदै शिक्षक नेता खनालले अाफूलाइ याैनजन्य अश्लिल शब्द म्यासेज पठाएकाे शिक्षिकाले खबर वाटिकालाइ बताइन। ‘अन्यायका बिरूद्धमा लड्नुपर्छ भनेर मैले प्रहरीमा उजुरी दर्ता गराएकी हुँ,’ उनले भनिन,’अन्य शिक्षिकालाइ पनि यस किसिमकाे सन्देश पठाउने गरेकाे जानकारी अाउने क्रम चलिरहेकाे छ।’

अाराेपित शिक्षक नेता खनालले फेक अाइडी बनाएर अाफूलाइ फसाउने षड्यन्त्र गरिएकाे दाबी गरे । ‘मलाइ राम्राेसंग फेसबुक समेत चलाउन अाउँदैन,’ उनले भने, ‘कसैले मेराे नाममा अाइडी बनाएर यस्ताे गरेकाे हुन सक्छ ।’

 

Leave a Reply

Your email address will not be published.