
तनहुँमा शिक्षक सरूवाकाे बिषयमा अार्थिक चलखेल र महिला शिक्षकमाथी याैन प्रस्ताबकाे हुने गरेकाे चर्चा चल्न थालेपछि एकिकृत अखिल नेपाल शिक्षक संगठनले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै घटनाकाे छानबिन गरी घटनामा संलग्न व्यक्तिलाइ कारर्वाही गर्न माग गरेकाे छ ।
संगठनका अध्यक्ष राजेन्द्र पाैडेल र सचिव इश्वरीप्रसाद ढकालले जारी गरेकाे बिज्ञप्तीमा जिल्ला भित्र त्यस्ता अमर्यादीत क्रियकलाप भए गरेको प्रमाणीत भएमा यस्ता विषयवस्तु सार्वजनिक गर्ने व्यक्ति र संचारमाध्यम प्रति पनि आभार व्यक्त गरेकाे छ ।
पढ्नुस प्रेस बिज्ञप्तीकाे पूर्णरूप
हाल विभिन्न संचार माध्यममा आइरहेको विषय शिक्षकहरुको सरुवामा शिक्षक नेताहरुले आर्थिक चलखेल, यौन प्रस्ताव एवं अन्य गतिविधि भएको भन्ने कुरा सार्वजनिक भएको छ त्यस्तो अवाञ्छित क्रियाकलाप प्रति हाम्रो गौरबशाली तथा मर्यादीत संगठनको मिति २०७८ कार्तिक ५ गते बसेको बैठकले उक्त क्रियाकलापप्रति खेद प्रकट गर्दछ र उक्त क्रियाकलापबाट संगठन अति मर्माहीत भएको छ । हाम्रो संगठनका कुनैपनि सदस्य त्यस्ता क्रियकलापहरुमा संलग्न नभएको र कहिँकतै हाम्रा सदस्यहरु त्यस्तो क्रियाकलापमा संलग्न भएको पाइएमा कानुनअनुसार कारबाहीको माग गर्दछौं । साँच्चिकै हाम्रो जिल्ला भित्र त्यस्ता अमर्यादीत क्रियकलाप भए गरेको प्रमाणीत भएमा यस्ता विषयवस्तु सार्वजनिक गर्ने व्यक्ति र संचारमाध्यम प्रति आभार व्यक्त गर्दछौं । कुनै दृष्य र अदृष्य शक्तिको आडमा कुनै संघ संगठनका शिक्षक नेतृत्वले त्यस्ता अवाञ्छित क्रियाकलाप गरेको भए त्यस्तो क्रियाकलाप प्रति घोर भर्त्सना गर्दछ र त्यस्ता क्रियाकलापमा संलग्न व्यक्ति पहिचान गरी कानुन बमोजिम कारवाही गर्न सम्बद्ध प्रशासन समक्ष हार्दिक अपिल गर्दछौं ।