
तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध एक पिडीत शिक्षिकाले उजुरी दर्ता गरेकाे दाबी गरेपछि संघले खनालसँग ७२ घण्टा भित्र स्पष्टीकरण दिन अल्टीमेटमदिएको स्रोतले जनाएको छ ।
नेपाल शिक्षक संघले खनाललाई पत्र काटेपनि उनी संघको सम्पर्कमा नरहेको र मंगलबार भित्र स्पष्टीकरण दिन भनिएको स्रोतले जानकारी दियो । स्रोतले भन्यो,“मंगलबार भित्र उहाँबाट कुनै स्पष्टीकरण नआएमा पदमुक्त गरिने छ । यदि आरोप सत्य होईन भने संघ उहाँ माथिको अन्याय विरुद्ध लड्छ ।” साथै संघले आवश्यक खण्डमा प्रहरीलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न समेत खनाललाइ अनुरोध गरेको छ ।
सरूवा गरिदिने आश्वासन दिदै शिक्षक नेता खनालले शिक्षिकालाई यौन आशयका अश्लिल शब्द म्यासेज पठाएको भन्दै एक शिक्षिकाले नेपाल प्रहरीको साईबर क्राइममा एक साता अघि उजुरी दिईएकी थिईन् । आरोपित शिक्षक नेता खनालले भने फेक आइडी बनाएर आफूलाइ फसाउने षड्यन्त्र गरिएको दाबी गदै आएका छन् । साथै उनले अध्यापन गराउने विद्यालयमा एक साताको लागि बिदा लिएर बसेको छन् ।