May 22, 2022

 

गायक बिन खाती

म्याग्दे – नजिकिदै गरेको शुभ दिपावलीको अवसर पारेर म्याग्देमा अायाेजना हुन लागेको विविध साँस्कृतिक कार्यक्रममा बिन खाति लगायतका चर्चित कलाकारकाे टाेलिले स्टेज तताउने भएका छन्। शिवशक्ति युथ क्लव म्याग्दे २ पिपलडिहीले अायाेजना गरेको विविध सांस्कृतिक काय॔त्रमलाई भब्य पार्न राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू ल्याउन लागिएको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताए।

क्लबकाे १४ अाैँ वार्षिकोत्सब पारेर दिपावलीलाई मध्यन

गायिका सजना बास्ताेला

जर गरि १७ गते बिहान १० बजे पिपलडिहिमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए। कार्यक्रममा बिन खाति सहित कृष्ण सुवेदी, सरस्वती लामिछाने, सजना बास्तोला, मिठ्ठु झा लगायतका कलाकारकाे अाकर्षण रहने क्लबले जनाएको छ । बिगतका बर्षहरूमा विभिन्न सामाजिक, साँस्कृतिक कामहरू गर्दै अाएकाे क्लवले त्यसैलाई निरन्तरता दिन र धर्म, सँस्कृति, परम्परालाई जाेगाउन कार्यक्रम अायाेजना गरेको जनाएको छ।

चाडपर्वकाे धार्मिक रूपमा मात्रै हाेइन सामाजिक, साँस्कृतिक र मनाेबैज्ञानिक रूपमा समेत ठुलो महत्त्व हुने हुँदा पनि कार्यक्रम अायाेजना गरिएको क्षेत्रीले बताए । यसैबीच यहि १८ गते नव पसले युवा क्लवले पनि पसलेमा विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको छ । चाडपर्वले सबैलाई राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने हुँदा त्यसैलाई मध्यनजर गरि साँस्कृतिक कार्यक्रम अायाेजना गरिएको क्लवका अध्यक्ष अाशिष श्रेष्ठले बताए ।

सामुहिक भावनाको बिकास गर्न र गित संगितकाे माध्यमबाट मनाेरञ्जन समेत प्रदान गर्न दिपावलिकाे अवसर पारेर कार्यक्रम अायाेजना गरेका हाैँ श्रेष्ठले भने । चाडपर्वमा एकअर्कामा गरिने शुभकामना अादानप्रदान ले ब्यक्तिमा जाेश , जाँगर र हाैसला बढाउने भन्दै श्रेष्ठले अात्मियता , माया , प्रेम , सद्भाव ,भाइचारा , मेलमिलाप र निकटता बढाउन पनि साँस्कृतिक कार्यक्रम अायाेजना गरिएको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.