May 16, 2022

महाभारतका रचयिता बेदव्यासकाे जन्मभूमी दमाैलीमा निर्माण गर्न लागिएकाे १०८ फिट अग्लाे शालिककाे नमुना ।

दमाैली – व्यास जन्मस्थल क्षेत्रमा निर्माण गर्न लागिएकाे १०८ फिट अग्लाे बेदव्यासकाे शालिककाे मंगलबार शिलान्यास हुने भएकाे छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलबाट मंगलबार शालिककाे शिलान्यास गरिने कार्यक्रम तय भएकाे व्यास क्षेत्र बिकास समितका अध्यक्ष अशाेककुमार श्रेष्ठले जानकारी दिए ।

१०८ फिटकाे शालिक निर्माणका लागि २०६८ सालमा र २०७८ सालमा दुइपटक महायज्ञ अायाेजना गरेर ४ कराेड रूपैया संकलन गरेकाे थियाे । महायज्ञ संचालन गरेर रकम संकलन गरेपनि समितिले बल्ल शालिक शिलान्यासकाे काम अघि बढाएकाे हाे ।

व्यास नगरपालिकाले शालिक निर्माणकाे लागि टेण्डर अाह्वान गरेकाेमा ऋषि शक्ति जेवीले टेण्डर पारेपछि कामकाे शालिक निर्माणकाे प्रक्रिया अघि बढेकाे हाे ।

याे पनि पढ्नुस …

बैकमा अल्झिएका वेदव्यास

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published.