मुख्यमन्त्रीलाइ शिलान्यास भ्याइन भ्याइ !

Byखवरबाटिका

१६ कार्तिक २०७८, मंगलवार ०९:२१ १६ कार्तिक २०७८, मंगलवार ०९:२१ १६ कार्तिक २०७८, मंगलवार ०९:२१ ,

 

दमाैली – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल नेपाली पछिल्लाे समय विभिन्न शिलान्यासकाे कार्यक्रममा व्यस्त रहेका छन । मंगलबार मात्र मुख्यमन्त्री पाेखरेलले दमाैलीमा ३ वटा निर्माण कार्य शिलान्यास गर्ने कार्यक्रम रहेकाे छ ।

मुख्यमन्त्री पाेखरेलले दमाैली स्थित भेटनरी अस्पतालकाे नयाँ भवनकाे शिलान्यास गर्ने कार्यक्रम रहेकाे कार्यालय  छ । १० कराेडकाे लागतमा बन्ने भवनकाे लागि याे अार्थिक बर्षमा ४ कराेड रूपैया बिनियाेजन भएकाे कार्यालयले जनाएकाे छ । भवन निर्माणकाे काम इकाे बिल्डर्स चितवनले पाएकाे छ ।

त्यसैगरी मुख्यमन्त्री पाेखरेलले दमाैली अस्पताल परिसरमा संचालन गर्ने लागिएकाे गाेबर्धन शर्मा अाँखा उपचार तथा अनुसन्धान केन्द्रकाे भवनकाे समेत शिलान्यास गर्ने कार्यक्रम रहेकाे छ । गाेबर्धन शर्मा मुख्यमन्त्री पाेखरेलका बुबा हुन ।

अाँखा अनुसन्धान केन्द्रकाे शिलान्यास पछि मुख्यमन्त्री पाेखरेलले महाभारतका रचयिता बेदव्यासकाे १०८ फिट अग्लाे शालिककाे शिलान्यास गर्ने कार्यक्रम रहेकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *