May 16, 2022

दमाैली – तनहुँको शुक्लागण्डकी ८, लालिममा कौडा खेली रहेको अबस्थामा पक्राउ परेका २९ जुवाडेलाइ जिल्ला प्रशासन कार्यालय तनहुँले २ लाख ३ हजार रुपैया धरौटीमा छाडिएको छ । राजनीतिक दलकाे तिब्र दबाब पश्चात जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राती अबेरसम्म बयान गराएर उनीहरुलाइ राती नै धरौटीमा रिहा गरेको हो ।

शुक्लागण्डकी ८का वडा सदस्य बिल बहादुर गुरुङकाे घरमा काैडा खेलिरहेकाे सुचनाकाे अाधारमा प्रहरीले रातकाे १ बजे छापा मारेर घरधनी गुरूङ सहित खेलाडीहरु भानुभक्त पराजुली, सुरज रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन, रमेश भट्टराई, राजु पुन, गोविन्द बि.क.,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बि.क., रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल लाइ पक्राउ गरेकाे थियाे ।

नौ लाख ११ हजार रुपैया सहित प्रहरीले पक्राउ गरेकाे २९ जुवाडेलाई मुद्दाको प्रक्रिया पुरा गरेर बयानका लागि प्रशासन कार्यालय पठाएकाे तनहुँका प्रहरी प्रमुख दिनेश मैनालीले बताए। प्रहरीले मुद्दा चलाएका २९ जनालाइ बयानकाे अाधारमा धराैटीमा रिहा गरिएकाे प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published.