स्वर्गीय काजी भूजेल र सोमबहादुर गुरुङ्ग स्मृति कपको उपाधी बाेटेटार ब्रदर्स दमौलीलाइ

Byखवरबाटिका

१८ कार्तिक २०७८, बिहीबार २१:२१ १८ कार्तिक २०७८, बिहीबार २१:२१ १८ कार्तिक २०७८, बिहीबार २१:२१
आँबुखैरेनी-
स्वर्गीय काजी भूजेल र सोमबहादुर गुरुङ्ग स्मृति कप खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी बाेटेटार ब्रदर्स दमौलीले कब्जा गरेको छ ।
गोरखकाली रबर उद्योगको खेल मैदानमा गत कार्तिक १३ गते देखि जारी खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाईनल खेलमा सनराइज युथ क्लब (३ किलो) लाई १-० गोल अन्तरले पराजित गर्दै बाेटेटार ब्रदर्स दमौलीले उपाधी जितेको हो ।
जित संगै बाेटेटार ब्रदर्स दमौलीले नगद रु. ५० हजार, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता सनराइज युथ क्लब (३ किलो) ले नगद रु. ३० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । साथै, सेमिफाईनलमा पुग्ने टिमले नगद रु. १०/१० हजार प्राप्त गरेको समितीका अध्यक्ष गौतम अधिकारीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *