पत्रकार खनाललाइ नव पसले युवा क्लवकाे सम्मान

Byखवरबाटिका

१९ कार्तिक २०७८, शुक्रबार १०:३४ १९ कार्तिक २०७८, शुक्रबार १०:३४ १९ कार्तिक २०७८, शुक्रबार १०:३४

दमाैली – पत्रकारिताकाे क्षेत्रबाट क्लबलाई महत्त्वपूर्ण सहयोग गरेको भन्दै नव पसले युवा क्लवले पत्रकार बिकास खनाललाई सम्मान गरेको छ । दिपावलीकाे अवसरमा अायाेजित बिबिध साँस्कृतिक कार्यक्रमका अवसरमा क्लवले पत्रकार खनाललाई सम्मान गरेको हाे ।

सम्मानित खनाललाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले टीका तथा सम्मानपत्र प्रदान गरेकी थिइन् । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , क्लवका अध्यक्ष अाशिष श्रेष्ठ , वडा अध्यक्ष श्रीबहादुर थापा, सदस्य सुनिता नेपाली , रामभक्त घिमिरे लगायत कलाकार तथा सयौं दर्शकको उपस्थिति रहेको थियो । सम्मानित खनालले क्लबले सम्मान गरेकोमा अाभार प्रकट गर्दै यसले अाँफुलाई पत्रकारिताकाे क्षेत्रमा कलम चलाउन थप हाैसला मिलेको बताए ।

पत्रकार महासँघ तनहुँका सदस्य समेत रहेका खनाल तनहुँमा १ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *