नेता जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने

Byखवरबाटिका

२२ कार्तिक २०७८, सोमबार १९:०० २२ कार्तिक २०७८, सोमबार १९:०० २२ कार्तिक २०७८, सोमबार १९:०० , ,


दमौली । नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दाराज जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने भएका छन् । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता जोशी तनहँु क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने भएका हुन् । खबरवाटीकासँग कुराकानी गदै नेता जोशीले आफनो टिकट आफै लियौ भन्ने उद्देश्यले आगमी चुनाबमा स्वतन्त्र उम्मेदवार दिने बताए । उनले भने,‘मैले २०२२ साल देखि तनहँुमा नेपाली कांग्रेसको संगठन निर्माण र जिल्लाको विकास निर्माणमा ठूलो भूमिका खेलेको सबैलाई थाहा नै छ । पार्टी भित्र रहेका षडयन्त्रकारीहरुका कारण जिल्लामा आज म धेरै पछाडी परेको छु ।’ उनले अघि भने, ‘नेपाली कांग्रेसका विधि र विधान विपरीत टिकट वितरण गर्दा कांग्रेसको संगठन आज ध्वस्त भएको छ । त्यो चलनलाई अन्त्य गर्न मैले आफनो टिकट आफै लियौ भन्ने उद्देश्यले स्वतन्त्र उम्मेदवार लड्न खोजेको हुँ ।’
नेपाली काँगेस्रको १४ औं महाअधिवेशन चलिरहेको बेला नेता जोशीको कारबाही फिर्ता लिने बारे बहस पनि चलिरहेको छ । यस विषयमा नेता जोशीले आफूलाई पार्टीले गरेको कारबाही फिर्ता गर्नुको कुनै औचित्य नभएको प्रतिक्रिया दिए । उनले भने, ‘समयमा नै फिर्ता गर्नु पर्थो चौधौं महाधिवेशनमा लड्न नमिल्ने गरी भएको फुकुवाको कुनै अर्थ छैन । ’ पूर्वमन्त्री जोशीलाई नेपाली कांग्रेस पार्टीको केन्द्रीय अनुशासन समितिले पाँच वर्षको लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो । २०७७ साल साउन १० गते समितिले पाँच वर्षको लागि पार्टी साधारण सदस्यबाट निष्कासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *