बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Byखवरबाटिका

२२ कार्तिक २०७८, सोमबार १९:४१ २२ कार्तिक २०७८, सोमबार १९:४१ २२ कार्तिक २०७८, सोमबार १९:४१

 

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ। २ सांसद भने तटस्थ बसेका थिए।

पाण्डेले प्राप्त गरेको मत आवश्यक संख्याभन्दा बढी भएकाले विश्वासको मत प्राप्त गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे। विश्वासको मतका लागि कम्तीमा ५५ जना सदस्यको समर्थन चाहिन्छ। बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य छन्।

सोमबार भएको मतदनमा १०४ जना सांसद उपस्थित भएका थिए। गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका उनलाई नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), र नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका हुन्।

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार उनले विश्वासको मत लिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box